मंगलबार ५ श्रावण २०८३
अर्थ

शेयर बजारमा लगातार सुधार, नेप्से २,७१९ विन्दुमा पुग्यो

सोमबार श्रावण ४, २०८३/ Monday 07-20-26

काठमाडौं । नेपाली शेयर बजारले लगातार पाँचौँ कारोबार दिन पनि हरियाली कायम राखेको छ। सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढेर २,७१९.२४ विन्दुमा पुगेको हो। पछिल्ला पाँच कारोबार दिनमै नेप्से कुल १४९ अंकले उकालो लागेको छ।

आज म्युचल फन्ड बाहेक सबै समूहको उपसूचक बढेका छन्। उत्पादन तथा प्रशोधन समूह ३.२१ प्रतिशतले उकालो लाग्दा जलविद्युत् र अन्य समूह पनि २.५ प्रतिशतभन्दा बढीले बढेका छन्।

कारोबारमा सहभागी ३४३ कम्पनीमध्ये २३९ कम्पनीको शेयर मूल्य बढेको, ३२ कम्पनीको घटेको तथा ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

व्यक्तिगत कम्पनीतर्फ एभरेस्ट कलरको शेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। यता आत्मनिर्भर लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर भने ६.५ प्रतिशतभन्दा बढीले घटेको छ।

शेयर बजारसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ। गत शुक्रबार ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार भएकोमा आज १ करोड २२ लाख कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

 

तपाईको प्रतिक्रिया