एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट, स्पेनका रोड्रि बने सर्वोत्कृष्ट खेलाडी
काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी गोल गर्न असफल भएपछि फ्रान्सका स्टार स्ट्राइकर किलियन एमबाप्पे लगातार दोस्रो संस्करणमा गोल्डेन बुट जित्दै नयाँ इतिहास रचेका छन्।
फाइनलमा अर्जेन्टिना स्पेनसँग अतिरिक्त समयमा पराजित भएपछि मेसी ८ गोलमै सीमित रहे। यद्यपि तेस्रो स्थानको खेलमा इङ्गल्यान्डविरुद्ध दुई गोल गरेका एमबाप्पेको प्रतियोगिताभरको गोल संख्या १० पुगेको थियो। त्यससँगै उनले सर्वाधिक गोलकर्ताका रूपमा गोल्डेन बुट आफ्नो नाममा पारे।
एमबाप्पे सन् २०२२ र २०२६ गरी लगातार दुई विश्वकपमा गोल्डेन बुट जित्ने विश्वकै पहिलो खेलाडी बनेका छन्। उनले मेसी (८), नर्वेका अर्लिङ हालान्ड (७), इङ्गल्यान्डका जुड बेलिङ्घम (७), ह्यारी केन (६) र फ्रान्सकै ओसमान डेम्बेले (६) लाई पछि पारे।
यस विश्वकपमा एमबाप्पेले समूह चरणदेखि नै उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले सेनेगल र इराकविरुद्ध समान दुई–दुई गोल, स्विडेनविरुद्ध दुई गोल, पाराग्वेविरुद्ध एक पेनाल्टी गोल, मोरक्कोविरुद्ध एक गोल तथा तेस्रो स्थानको खेलमा इङ्गल्यान्डविरुद्ध थप दुई गोल गर्दै १० गोल पूरा गरेका हुन्।
यसअघि कतारमा भएको सन् २०२२ को विश्वकप फाइनलमा अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै उनले पहिलो पटक गोल्डेन बुट जितेका थिए।
स्पेनको हातमा उपाधि, व्यक्तिगत अवार्डमा पनि वर्चस्व
अतिरिक्त समयमा अर्जेन्टिनालाई पराजित गर्दै स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकपको उपाधि जित्यो। स्पेनका लागि फेरान टोरेसले निर्णायक गोल गरे।
व्यक्तिगत अवार्डतर्फ स्पेनका मिडफिल्डर रोड्रि प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी (गोल्डेन बल) घोषित भए भने पाउ कुबार्सी उत्कृष्ट युवा खेलाडी बने। स्पेनका गोलरक्षक उनाई सिमोनले सात खेलमा केवल एक गोल मात्र बेहोर्दै गोल्डेन ग्लोभ्स अवार्ड जिते।
तपाईको प्रतिक्रिया