मंगलबार ५ श्रावण २०८३
बिजनेस

पहिरोले थुनियो पोखराको सेती नदी

आइतबार श्रावण ३, २०८३/ Sunday 07-19-26

काठमाडौं । लगातारको वर्षापछि खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ को सीमास्थित रातोपैह्रो क्षेत्रमा नदी कटानका कारण खसेको पहिरोले नदीको बहाव अवरुद्ध भएको हो।

घटनाको जानकारी पाएपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की तथा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले आइतबार बिहान घटनास्थलको निरीक्षण गरेको थियो।

उपप्रमुख गुरुङका अनुसार पहिरोका कारण नदीको पानी पूर्ण रूपमा निकास हुन नसक्दा पहिरोभन्दा माथिल्लो क्षेत्रमा पानीको सतह करिब ५० मिटरले बढेको छ। प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै अवस्था नजिकबाट निगरानी गरिरहेको जनाएको छ।

 

तपाईको प्रतिक्रिया