काठमाडौँ । राजधानीको टेकुस्थित काठमाडौँ महानगरपालिकाको फोहरमैला संकलन केन्द्र नजिक प्रहरीले गोली चलाएको छ। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले कारबाहीका क्रममा गोली चलाउँदा एक भारतीय नागरिक घाइते भएका छन्।
प्रहरीका अनुसार लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा पुगेको टोलीमाथि आक्रमणको प्रयास भएपछि आत्मरक्षाका लागि गोली चलाइएको हो। गोली लागेर घाइते भएका भारतीय नागरिकलाई नियन्त्रणमा लिएर उपचारका लागि अस्पताल पठाइएको छ।
घटनामा घाइतेसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्यूरोले जनाएको छ।
तपाईको प्रतिक्रिया