राजनीति
कीर्तिपुरमा पार्किङ गरिएको कारमा आगलागी, चालकको जलेर मृत्यु
मंगलबार श्रावण ५, २०८३/ Tuesday 07-21-26
काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित चाँदनीचोकमा पार्किङ गरिएको कारमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ।
मंगलबार बिहान बा५च ३०३८ नम्बरको कारमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ। आगो निभाएपछि कारभित्र चालकको शव सिट बेल्ट लगाएकै अवस्थामा फेला परेको थियो।
मृतकको पहिचान हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीको कारण पनि खुलेको छैन।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।
तपाईको प्रतिक्रिया