बिहीबार ७ श्रावण २०८३
बिजनेस

अण्डाको मूल्य बढ्यो, उत्पादन घट्यो

बुधबार श्रावण ६, २०८३/ Wednesday 07-22-26

काठमाडौं। बर्डफ्लुको प्रभावका कारण अण्डा उत्पादनमा आएको गिरावट र बजारमा माग बढेपछि अण्डाको मूल्य फेरि बढेको छ।

नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरी ठूलो अण्डाको मूल्य प्रतिक्रेट (३० वटा) ४५० रुपैयाँबाट ५०० रुपैयाँ, मध्यम अण्डाको ४२० बाट ४७० रुपैयाँ तथा सानो अण्डाको मूल्य ४१५ रुपैयाँ निर्धारण गरेको छ। सबै वर्गका अण्डामा प्रतिक्रेट ५० रुपैयाँले मूल्य बढाइएको हो।

संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार दैनिक करिब ४५ लाख गोटा उत्पादन हुने अण्डा बर्डफ्लुको असरपछि घटेर २८ लाख गोटा हाराहारीमा पुगेको छ। उत्पादन घट्दा बजारमा माग बढेकाले मूल्य वृद्धि गर्नुपरेको उनले बताए।

उनका अनुसार हाल पनि एक क्रेट अण्डाको उत्पादन लागत ५७३ रुपैयाँ ६० पैसा रहेकाले मूल्य बढे पनि किसानले अझै लागतअनुसारको मूल्य पाउन सकेका छैनन्। साथै, बर्डफ्लुबाट प्रभावित किसानलाई सरकारले राहत उपलब्ध गराउनुपर्ने उनको माग छ।

 

तपाईको प्रतिक्रिया