काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको शुभ साइतमा टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा तथा प्रसाद ग्रहण गरेका हुन्।
टीका ग्रहणपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएका छन्। राष्ट्रपतिको स्वकीय सचिवालयले यसबारे जानकारी दिएको हो।
तपाईको प्रतिक्रिया