काठमाडौं । पाकिस्तानमा जारी काभा पुरुष भलिबल च्याम्पियनशिपमा नेपालले आज आफ्नो दोस्रो खेल श्रीलंकाविरुद्ध खेल्दैछ। दुवै टोली पहिलो खेलमा हार बेहोरेपछि आजको प्रतिस्पर्धा पहिलो जितका लागि महत्वपूर्ण बनेको छ।
नेपाल र श्रीलंकाबीचको खेल नेपाली समयअनुसार बिहान १०:३० बजे सुरु हुनेछ।
नेपालले प्रतियोगिताको उद्घाटन खेलमा काजकस्तानसँग पराजय व्यहोरेको थियो भने श्रीलंका पनि आयोजक पाकिस्तानसँग हार बेहोरेको थियो। त्यसैले दुवै टोली जितको खाता खोल्ने लक्ष्यसहित कोर्टमा उत्रनेछन्।
साउन १३ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा आयोजक पाकिस्तान, नेपाल, काजकस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका गरी छ टोली सहभागी छन्। प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ, जहाँ शीर्ष चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
नेपाली टोलीको कप्तानी हरिहजुर थापाले सम्हालिरहेका छन् भने टोलीका मुख्य प्रशिक्षक जगदीश भट्ट रहेका छन्। पहिलो खेलको हारपछि नेपाल आजको खेल जित्दै सेमिफाइनल यात्रालाई सहज बनाउने लक्ष्यमा हुनेछ।
तपाईको प्रतिक्रिया