शुक्रबार ८ श्रावण २०८३
राजनीति

रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै

बिहीबार श्रावण ७, २०८३/ Thursday 07-23-26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रमणमा जाने भएका छन्। उनको भ्रमण पार्टीगत हुने भए पनि आवश्यक समन्वय परराष्ट्र मन्त्रालयमार्फत भइरहेको बताइएको छ।

परराष्ट्र मन्त्रालयका एक सहसचिवका अनुसार भ्रमणको मिति अझै टुंगो लागिसकेको छैन। साउन वा भदौमध्ये कुन महिनामा भ्रमण हुने भन्ने विषय दुवै पक्षबीचको समन्वयपछि तय गरिनेछ। भ्रमणको मिति भने सरकारी तहभन्दा पार्टीस्तरमै निर्धारण हुने उनले बताए।

यसअघि लामिछानेले भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारतको पाँचदिने भ्रमण गरेका थिए। उनी जेठ २२ गते स्वदेश फर्किएलगत्तै चीन भ्रमणको निमन्त्रणा प्राप्त भएको बताइएको छ।

उक्त निमन्त्रणाअनुसार नै लामिछानेको चीन भ्रमणको तयारी अघि बढाइएको स्रोतले जनाएको छ। 

तपाईको प्रतिक्रिया