काठमाडौं। सिरहाको लहानमा लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। बिहीबार साँझ करिब ५:३० बजे लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले सञ्चालन गरेको विशेष अपरेशनका क्रममा सात राउण्ड गोली प्रहार गर्दै ६ जनालाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश पालका अनुसार पक्राउ पर्नेमा पाँच जना भारतीय नागरिक र एक जना नेपाली नागरिक रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट २२५ ग्राम खैरो हिरोइन बरामद गरेको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने विस्तृत विवरण आउन बाँकी छ।
तपाईको प्रतिक्रिया