बिजनेस
सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि, आज कति पुग्यो भाउ?
बिहीबार श्रावण ७, २०८३/ Thursday 07-23-26
काठमाडौं। नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २५ रुपैयाँ वृद्धि भई ४ हजार ५०५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँ र चाँदी ४ हजार ४८० रुपैयाँ मा कारोबार भएको थियो।
तपाईको प्रतिक्रिया