शुक्रबार ८ श्रावण २०८३
समाज

नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित सीईओ मृगेन्द्रनाथ रिमाल पक्राउ

बिहीबार श्रावण ७, २०८३/ Thursday 07-23-26

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई बिहीबार काठमाडौं महानगरपालिका–७ स्थित सिफलबाट नियन्त्रणमा लिएको हो। सिआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार रिमाललाई बीमा ऐन, २०७९ तथा धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गत दायर भएको मुद्दामा पक्राउ गरिएको हो। उक्त मुद्दामा दीपक भट्ट पनि प्रतिवादी छन्।

यसअघि जेठ २८ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता हुँदा रिमाल फरार रहेकाले उनलाई फरार प्रतिवादीका रूपमा समावेश गरिएको थियो।

सिआइबीले फरार अवस्थामै रहेका रिमाललाई पक्राउ गरेपछि आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको जनाएको छ।

तपाईको प्रतिक्रिया