शुक्रबार ८ श्रावण २०८३
खेलकुद

नेपालले नेदरल्याण्ड्सलाई दियो १५८ रनको लक्ष्य

बिहीबार श्रावण ७, २०८३/ Thursday 07-23-26

काठमाडौं। आईसीसी विश्वकप लिग–२ अन्तर्गत दोस्रो खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्सलाई १५८ रनको सामान्य लक्ष्य दिएको छ।

उट्रेख्टमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५७ रनमा समेटियो।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए। उनले ९० बलमा चार चौकाको मद्दतले इनिङ्स खेले। गुलशन झाले ४२ बलमा २९ रन जोडे भने दीपेन्द्रसिंह ऐरीले ४२ बलमा २१ रनको योगदान दिए।

डा. इशान पाण्डेले १० बलमा ४ रन बनाए भने कप्तान रोहित पौडेल १२ बलमा ३ रनमै आउट भए। ओपनर आशिफ शेखले १४ रन तथा कुशल भुर्तेलले २० बलमा ९ रन बनाए।

नेपालले अब जितका लागि नेदरल्यान्ड्सलाई १५८ रनभन्दा कममा रोक्नुपर्ने चुनौती रहेको छ।

यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो। हालसम्म २९ खेलबाट २४ अंक जोडेको नेपाल विश्वकप लिग–२ को अंक तालिकामा छैटौँ स्थानमा छ भने २८ खेलबाट ३२ अंक बटुलेको नेदरल्यान्ड्स चौथो स्थानमा रहेको छ।

 

तपाईको प्रतिक्रिया