शुक्रबार ८ श्रावण २०८३
बिजनेस

बैंकिङ कसुर मुद्दा : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

बिहीबार श्रावण ७, २०८३/ Thursday 07-23-26

काठमाडौं । व्यवसायी शंकरलाल अग्रवाललाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ।

उच्च अदालत पाटनका न्यायाधीश अर्जुनप्रसाद कोइराला र कविप्रसाद न्यौपानेको संयुक्त इजलासले अग्रवाललाई थुनामा राखेर मुद्दाको पुर्पक्ष अघि बढाउन आदेश दिएको अदालत प्रशासनले जनाएको छ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अग्रवाललाई पक्राउ गरी बुधबार अदालतमा उपस्थित गराएको थियो। उनी बैंकिङ कसुर मुद्दामा फरार अभियुक्तका रूपमा खोजीमा रहेका थिए।

अदालतको आदेशसँगै अब अग्रवाल पुर्पक्षका लागि थुनामै रहनेछन्।

 

तपाईको प्रतिक्रिया