बुधबार २४ भदौ २०८३
अर्थ

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब रुपैयाँ जम्मा

मंगलबार भदौ २३, २०८३/ Tuesday 09-08-26

काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हालसम्म पौने १२ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ रुपैयाँ जम्मा भएको हो। 

कार्यालयका अनुसार हाल नौ वटा वाणिज्य बैंकमा कोषको ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ रुपैयाँ मौज्दात रहेको छ।

जम्मा भएको रकममध्ये एक अर्ब रुपैयाँ रसुवा बाढीका पीडितको राहत तथा व्यवस्थापनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नाममा निकासा भइसकेको छ।

त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको अमेरिकी डलर खातामा समेत २ करोड ११ लाख ८ हजार ४७१ रुपैयाँ बराबरको रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया