राजनीति
भोटेकोशी विपद् संसदमा उठाउँदै रविले भने– यो जलवायु संकट हो
बुधबार भदौ २४, २०८३/ Wednesday 09-09-26
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई संसदमा उठाएका छन्।
संसद् बैठकमा सम्बोधन गर्दै लामिछानेले भोटेकोशीमा आएको विपद्लाई सामान्य बाढीका रूपमा मात्रै हेर्न नहुने बताए। उनले यसलाई जलवायु परिवर्तनका कारण उत्पन्न गम्भीर संकटका रूपमा व्याख्या गरे।
उनले भोटेकोशीको विपद्मा ज्यान गुमाउनेहरू जलवायु परिवर्तनको असरबाट सिर्जित अन्यायपूर्ण परिस्थितिको सिकार बनेको बताए।
लामिछानेले ठूलो संकट र क्षति व्यहोरेका प्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिमा पनि एकअर्काको साथ दिँदै पुनः उठ्ने प्रयास गरिरहेको उल्लेख गरे।
लामिछानेले संसदमा सम्बोधन गरिरहँदा प्रधानमन्त्री वालेन्द्र शाह पनि बैठकमा उपस्थित थिए।
तपाईको प्रतिक्रिया