बुधबार १३ श्रावण २०८३
जीवनशैली

डा. गोविन्द केसीसँग सात बुँदे सहमति, अनसन तोडियो

मंगलबार श्रावण १२, २०८३/ Tuesday 07-28-26

काठमाडौं । स्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै धनगढीमा अनसनरत डा. गोविन्द केसी र सरकारबीच सात बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले शुक्रबार आफ्नो अनसन तोडेका छन्।

सहमतिअनुसार शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटामा ३०० शय्याको शिक्षण अस्पताल सञ्चालन प्रक्रिया तत्काल अघि बढाइनेछ। साथै, एमबीबीएससहितका शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक प्राध्यापक, जनशक्ति, पाठ्यक्रम स्वीकृति तथा अन्य शैक्षिक तयारी शीघ्र पूरा गरिनेछ।

यस्तै, शिक्षण अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति व्यवस्थापन, उपकरण खरिद तथा पूर्वाधार तयारीसमेत तत्काल अघि बढाउने सहमति भएको छ।

सहमतिमा विश्वविद्यालयसम्बन्धी कानुन संशोधनका लागि संघीय संसद्को चालु अधिवेशनमै प्रक्रिया अघि बढाउने, पदाधिकारीको योग्यता र नियुक्तिसम्बन्धी व्यवस्था परिमार्जन गर्ने तथा आवश्यक विधेयक अगाडि बढाउन सरकारसमक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी, नेपालमा सञ्चालित चिकित्साशिक्षा संस्थालाई क्रमशः गैरनाफामूलक र सेवामूलक संस्थाका रूपमा सञ्चालन गर्ने व्यवस्थाको अध्ययन गर्न उच्चस्तरीय कार्यदल गठन गरिने भएको छ। उक्त कार्यदलले छ महिनाभित्र राय–सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउने सहमतिमा उल्लेख छ।

 

तपाईको प्रतिक्रिया