काठमाडौं । सरकारले ‘होम एन्ड अवे’ अवधारणाअनुसार क्रिकेट प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले देशका आठ शहरमा फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढाएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले कम्तीमा ८ हजार दर्शक क्षमताका रङ्गशाला निर्माणको काम सुरु भएको जानकारी दिएका हुन्।
आजदेखि सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना दिँदै उनले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित योजना अघि बढाइएको बताएका छन्।
आठ शहरमा क्रिकेट रङ्गशाला निर्माण भएपछि एनपीएललाई देशभर विस्तार गर्न सहज हुने र यसले नेपाली क्रिकेटको विकासमा नयाँ आयाम थप्ने मन्त्री लम्सालले विश्वास व्यक्त गरेका छन्।
तपाईको प्रतिक्रिया