मंगलबार १० कार्तिक २०८३
खेलकुद

एनपीएलको उद्घाटन खेलमा सुदूरपश्चिम ८७ रनमै अलआउट

सोमबार कार्तिक ९, २०८३/ Monday 10-26-26

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम १७.२ ओभरमा ८७ रनमै समेटियो।

सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनीका किशोर महतोले सर्वाधिक ४ विकेट लिए। शेर मल्लले ३ विकेट लिँदा शाड्ली भान साल्कविकले १ विकेट हात पारे। तिलकराज भण्डारी र रोहितकुमार पौडेलले पनि समान १ विकेट लिए।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए। उनले २३ बलमा उक्त रन जोडे। शैफ अली जैबले १४ बलमा १३ रन बनाए।

त्यस्तै, विनोद भण्डारीले ९, ईशान पाण्डेले ७, ब्रान्डन म्याकमुलेनले २ र शेर्फेन रदरफोर्डले १ रन बनाए।

सुदूरपश्चिमका आरिफ शेख, स्कट कुगेलाइन र हेमन्त धामी भने खाता नखोली आउट भए।

अब लुम्बिनी लायन्सले जितका लागि ८८ रन बनाउनुपर्नेछ।

 

तपाईको प्रतिक्रिया