एनपीएलको उद्घाटन खेल हेर्न प्रधानमन्त्री शाह कीर्तिपुरमा
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेल अवलोकन गर्न प्रधानमन्त्री वालेन्द्र शाह कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला पुगेका छन्।
प्रधानमन्त्रीको उपस्थितिलाई मध्यनजर गर्दै रंगशालाको सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रतियोगिताको सुरक्षाका लागि एक सयभन्दा बढी सादा पोसाकका सुरक्षाकर्मीसहित १ हजार २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने व्यवस्था मिलाइएको छ। सुरक्षालाई व्यवस्थित बनाउन विभिन्न क्षेत्रमा कमान्ड पोस्टसमेत स्थापना गरिएको छ।
आठ फ्रेन्चाइज टोली सहभागी यस संस्करणमा करिब १ अर्ब ५० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ। अस्ट्रेलियाका डेभिड वार्नर, वेस्ट इन्डिजका आन्द्रे रसेल र बंगलादेशका शाकिब अल हसनजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीको सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने भएका छन्। खेलमा लुम्बिनीले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
तपाईको प्रतिक्रिया