शुक्रबार १५ श्रावण २०८३
समाज

जनकपुरमा कर्फ्यु लाग्यो

बिहीबार श्रावण १४, २०८३/ Thursday 07-30-26

काठमाडौँ ।  दुई समुदायबीच तनाव बढ्दै गएपछि धनुषाको जनकपुर उपमहानगर क्षेत्रका विभिन्न स्थानमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जिल्ला सुरक्षा समितिको निर्णयबमोजिम बिहीबार दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरिएको हो। बढ्दो तनावका कारण शान्ति–सुरक्षा कायम राख्न यो निर्णय गरिएको उनले जानकारी दिए।

यस्तै, सिरहाको गोलबजार आसपासका क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु लागू गरेको छ।

जिल्लाको सुरक्षा अवस्थाको समीक्षा गर्दा आन्दोलन तथा सम्भावित हुलदङ्गाले सार्वजनिक शान्ति भङ्ग हुन सक्ने निष्कर्षपछि जिल्ला सुरक्षा समितिको सिफारिसमा कर्फ्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया