काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार पनि ओरालो लागेको छ। साताको सुरुआतदेखि नै घट्दो क्रममा रहेको बजार यस दिन १६.२९ अंकले घट्दै २६७२.५८ विन्दुमा पुगेको हो।
आजको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको देखिएको छ। कुल कारोबार भएका कम्पनीमध्ये ५९ कम्पनीको सेयर मूल्य बढ्दा २०६ कम्पनीको मूल्यमा गिरावट आएको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। बिहीबार कुल तीन अर्ब ३८ करोड १३ लाख १८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस अवधिमा ७५ लाख ४८ हजार कित्ता सेयर ४४ हजार कारोबारमार्फत किनबेच भएका छन्।
एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले भने उच्च लाभ कमाएका छन्। कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता मूल्य १,१३८ रुपैयाँ पुगेको छ। त्यसैगरी सेन्ट्रल फाइनान्स, शुभम् पावर, तारागाउँ रिजेन्सी र एनएमबी हाइब्रिड फन्ड पनि सर्वाधिक नाफा गर्ने कम्पनीहरूको सूचीमा परेका छन्।
समूहगत प्रदर्शनतर्फ भने कुनै पनि क्षेत्र सकारात्मक रहन सकेन। सबै १३ उपसमूहको सूचक घटेकोमा हाइड्रोपावर समूह सबैभन्दा धेरै १.२० प्रतिशतले ओरालो लागेको छ।
तपाईको प्रतिक्रिया