काठमाडौं । सरकारले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सोसरहका २३ जना कर्मचारीको सरुवा तथा नयाँ जिम्मेवारी तोकेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय, संवैधानिक आयोग, प्रदेश सरकार र अन्य सरकारी निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो।
सरुवासँगै केन्द्र, प्रदेश र संवैधानिक निकायका प्रशासनिक संरचनामा व्यापक फेरबदल भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका निकायमा नयाँ जिम्मेवारी बाँडफाँट गरिएको छ।
निर्णयअनुसार शंकरहरि आचार्यलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पठाइएको छ भने देवराज जोशी अर्थ मन्त्रालयमा सरुवा भएका छन्। ध्रुव घिमिरे राष्ट्रिय योजना आयोगको सचिवालय पुगेका छन्।
यस्तै, चिरञ्जीवी पौडेल र श्रवणकुमार पोखरेल गृह मन्त्रालयमा सरुवा भएका छन् भने एमेन्द्र उपाध्याय महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयमा जिम्मेवारी सम्हाल्ने भएका छन्।
राजेश गौतमलाई लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा सचिवका रूपमा खटाइएको छ भने कालीप्रसाद पराजुली राष्ट्रिय महिला आयोग, तीर्थराज सिलवाल गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुमन घिमिरे नेपाल ट्रस्टको कार्यालय र आभा श्रेष्ठ मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन्।
त्यसैगरी ऋषिराज आचार्य लगानी बोर्डको कार्यालय, बलराम ढकाल थारू आयोग, गोविन्दप्रसाद रिजाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, धर्मराज जोशी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा नारायणप्रसाद सापकोटा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा खटाइएका छन्।
कृष्णबहादुर शाही, रुद्रप्रसाद लामिछाने, विनोद लामिछाने, राजेन्द्रदेव पाण्डे र चन्द्रबहादुर शिवाकोटीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको अतिरिक्त समूहमा राखिएको छ। प्रद्युम्नप्रसाद उपाध्यायलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ।
यस्तै, सरकारले सुभाषचन्द्र शिवाकोटीलाई तुलसीपुर उपमहानगरपालिका, दाङको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाउने निर्णय पनि गरेको छ।
सरुवा भएका सहसचिवहरूको नयाँ जिम्मेवारी:
- शंकरहरि आचार्य — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह)
- देवराज जोशी — अर्थ मन्त्रालय
- ध्रुव घिमिरे — राष्ट्रिय योजना आयोगको सचिवालय
- चिरञ्जीवी पौडेल — गृह मन्त्रालय
- श्रवणकुमार पोखरेल — गृह मन्त्रालय
- एमेन्द्र उपाध्याय — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय
- विनोद लामिछाने — भूमि व्यवस्था मन्त्रालय (अतिरिक्त समूह)
- राजेश गौतम — लुम्बिनी प्रदेश प्रमुखको कार्यालय
- राजेन्द्रदेव पाण्डे — भूमि व्यवस्था मन्त्रालय (अतिरिक्त समूह)
- कालीप्रसाद पराजुली — राष्ट्रिय महिला आयोग
- तीर्थराज सिलवाल — गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- सुमन घिमिरे — नेपाल ट्रस्टको कार्यालय
- आभा श्रेष्ठ — मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- ऋषिराज आचार्य — लगानी बोर्डको कार्यालय
- बलराम ढकाल — थारू आयोग
- गोविन्दप्रसाद रिजाल — विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
- रुद्रप्रसाद लामिछाने — भूमि व्यवस्था मन्त्रालय (अतिरिक्त समूह)
- धर्मराज जोशी — सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- नारायणप्रसाद सापकोटा — अख्तियार दुरुपयोग अनुसन्धान आयोग
- कृष्णबहादुर शाही — भूमि व्यवस्था मन्त्रालय (अतिरिक्त समूह)
- प्रद्युम्नप्रसाद उपाध्याय — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
- चन्द्रबहादुर शिवाकोटी — भूमि व्यवस्था मन्त्रालय (अतिरिक्त समूह)
- सुभाषचन्द्र शिवाकोटी — तुलसीपुर उपमहानगरपालिका, दाङ (प्रमुख प्रशासकीय अधिकृत)
तपाईको प्रतिक्रिया