काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका केही संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा आदेश जारी गरिएको हो।
प्रशासनले वीरगञ्ज महानगरपालिकाभित्रका तोकिएका क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ।
निषेधाज्ञा लागू हुने क्षेत्र पूर्वतर्फ प्रतिमा चोक र बसपार्क बाइपास रोड, पश्चिमतर्फ तिलावे पुल, उत्तरतर्फ गण्डक चोक तथा दक्षिणतर्फ शंकराचार्य गेटसम्म तोकिएको छ।
स्थानीय सुरक्षा अवस्थालाई ध्यानमा राख्दै शान्ति–सुव्यवस्था कायम गर्न यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ।
तपाईको प्रतिक्रिया