काठमाडौं । सिरहामा प्रदर्शन उग्र बन्दै जाँदा आगजनी र तोडफोडका घटना बढ्न थालेका छन्। बिहीबार बिहानदेखि सुरु भएको प्रदर्शनका कारण जिल्लाको सुरक्षा अवस्था तनावपूर्ण बनेको छ।
बढ्दो तनावलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सिरहाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश लागू गरेको छ। सुरक्षा निकायले अवस्था नियन्त्रणमा लिन आवश्यक सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ।
यसैक्रममा गोलबजारस्थित सिरहा सुपरमार्केटद्वारा सञ्चालित एबी मलमा आगजनी गरिएको छ। आगलागीबाट भएको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन।
प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन तथा थप अप्रिय घटना हुन नदिन आवश्यक सुरक्षा सतर्कता अपनाइरहेको जनाएको छ।
तपाईको प्रतिक्रिया