राजनीति
प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्ने
बिहीबार श्रावण १४, २०८३/ Thursday 07-30-26
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बिहीबार साँझ देशबासीका नाममा सम्बोधन गर्ने तयारी गरेका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सम्बोधनको तयारी भइरहेको भए पनि त्यसको निश्चित समय भने सार्वजनिक गरिएको छैन।
यसअघि बिहीबार अपराह्न प्रधानमन्त्री शाहसँग गृहमन्त्री सुधन गुरुङले भेटवार्ता गरेका थिए। भेटपछि गृहमन्त्री सुनसरी प्रस्थान गर्ने कार्यक्रम रहेको सचिवालय स्रोतले जनाएको छ।
पछिल्ला सुरक्षा घटनाक्रम र विकसित परिस्थितिका बीच प्रधानमन्त्रीको सम्बोधनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
तपाईको प्रतिक्रिया