काठमाडौं । करिब दुई सातापछि बसेको प्रतिनिधि सभाको बैठक पुनः पाँच दिनका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १९ गते बस्ने गरी सदन स्थगित गरेका हुन्।
बिहीबारको बैठकमा विपक्षी दलका सांसदहरूले सुनसरीको कप्तानगञ्जमा भएको घटनाबारे सरकारको धारणा माग गर्दै प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई सदनमा उपस्थित भएर जवाफ दिन आग्रह गरेका थिए।
कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरूले पछिल्लो सुरक्षा अवस्थाबारे सरकार स्पष्ट हुनुपर्ने धारणा राखेका थिए।
तर, प्रतिनिधि सभा बैठक साउन १९ गतेसम्मका लागि स्थगित भएकाले त्यसअघि प्रधानमन्त्री वा गृहमन्त्रीले संसदमा उक्त घटनाबारे औपचारिक जवाफ दिने सम्भावना टरेको छ।
उता सुनसरीको कप्तानगञ्जबाट सुरु भएको तनाव क्रमशः पश्चिमतर्फका अन्य क्षेत्रमा समेत फैलिँदै गएको बताइएको छ।
तपाईको प्रतिक्रिया