शनिबार १६ श्रावण २०८३
शिक्षा

मधेशका ११ केन्द्रमा त्रिविको एमबीएस परीक्षा स्थगित

शुक्रबार श्रावण १५, २०८३/ Friday 07-31-26

काठमाडौं।  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले मधेश प्रदेशका ११ वटा परीक्षा केन्द्रमा सञ्चालन हुने पूर्वनिर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ।

मधेश प्रदेशका विभिन्न जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको त्रिविले जारी गरेको सूचनामा उल्लेख छ।

स्थगित हुने केन्द्रहरूमा जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, मलंगवाको सर्लाही क्याम्पस, लालबन्दीको जनज्योति बहुमुखी क्याम्पस, सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, लहानको जेएस मुरारका बहुमुखी क्याम्पस रहेका छन्।

त्यस्तै, सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराज, नेशनल पिपुल कलेज कञ्चनपुर, रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, बाराको सिमरा कलेज र पर्साको ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज केन्द्रमा पनि परीक्षा स्थगित गरिएको छ।

त्रिविले मधेश प्रदेशबाहेकका अन्य परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार नै परीक्षा सञ्चालन हुने जनाएको छ।

 

तपाईको प्रतिक्रिया