नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति
काठमाडौं । भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति दिएको छ।
भारतको विद्युत् मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई आगामी १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म विद्युत् आयात गर्न अनुमति दिएको हो।
स्वीकृतिअनुसार नेपालले मध्यरात १२ बजेदेखि साँझ ६ बजेसम्म दैनिक १८ घण्टा विद्युत् प्राप्त गर्नेछ। मुजफ्फरपुर–ढल्केबर ४०० केभी डबल सर्किट प्रसारण लाइनमार्फत अधिकतम ६०० मेगावाटसम्म विद्युत् आयात गर्न सकिनेछ।
त्यसैगरी टनकपुर–महेन्द्रनगर १३२ केभी सिंगल सर्किट प्रसारण लाइनमार्फत थप ५४ मेगावाटसम्म विद्युत् उपलब्ध गराउने भारतको अनुमति छ।
नेपालमा पछिल्लो समय आएको बाढीका कारण जलविद्युत् आयोजनाका पूर्वाधारमा क्षति पुगेपछि आन्तरिक विद्युत् उत्पादन क्षमता प्रभावित भएको छ। सोही अवस्थालाई ध्यानमा राख्दै भारतले थप विद्युत् उपलब्ध गराउने निर्णय गरेको हो।
भारतको विद्युत् मन्त्रालयले सन् २०२७ जनवरीदेखि नेपाललाई उपलब्ध गराइने विद्युत्को परिमाणबारे डिसेम्बर २०२६ मा पुनरावलोकन गर्ने जनाएको छ।
भारतले कठिन परिस्थितिमा नेपाललाई विद्युत् आवश्यकता पूरा गर्न सहयोग पुग्ने र दुई देशबीचको दीर्घकालीन ऊर्जा सहकार्य थप मजबुत हुने जनाएको छ।
तपाईको प्रतिक्रिया