मंगलबार ३० भदौ २०८३
राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै, मन्त्रीहरूले मौखिक प्रश्नको जवाफ दिने

मंगलबार भदौ ३०, २०८३/ Tuesday 09-15-26

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार बैठकमा परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नमाथि सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धमा नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहितको सम्मिलन अनुमोदनका लागि प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ। 

यसैबीच, संघीय संसद्अन्तर्गत आज विभिन्न समितिका बैठक पनि बस्ने भएका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने कार्यतालिका रहेको सचिवालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया