राजनीति
सरकारसँग ७ बुँदे सहमति, सुनसरी घटनाका मृतकका शव उठाउन परिवार सहमत
शुक्रबार श्रावण १५, २०८३/ Friday 07-31-26
काठमाडौं । सरकारसँग ७ बुँदे सहमति भएपछि सुनसरीको देवानगञ्ज घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार शव उठाउन सहमत भएका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालका अनुसार परिवारको सहमतिपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ। दुवै शव पोस्टमार्टमका लागि कोशी अस्पताल पठाइने र प्रक्रिया पूरा भएपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।
गत आइतबार राति सुनसरीको देवानगञ्जमा भएको घटनामा ओमप्रकाश र जयप्रकाश मेहताको मृत्यु भएको थियो।
यसैबीच, जिल्लाका १० स्थानीय तहमा जारी कर्फ्यु आदेश अझै कायम रहेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले गत मङ्गलबार राति ९ बजेदेखि लागू गरेको कर्फ्यु आदेश हालसम्म यथावत् राखिएको जनाएको छ।
तपाईको प्रतिक्रिया