समाज
धनुषा–सिरहामा कर्फ्यु यथावत, बिहान ५ देखि १० बजेसम्म आंशिक छुट
शनिबार श्रावण १६, २०८३/ Saturday 08-01-26
जनकपुरधाम। धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी कर्फ्यु आदेश यथावत राख्दै बिहान ५ बजेदेखि १० बजेसम्म आंशिक रूपमा खुकुलो बनाएको जनाएको छ।
प्रशासनका अनुसार उक्त अवधिमा सर्वसाधारणलाई खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्री खरिदका लागि घरबाहिर निस्कन अनुमति दिइएको छ।
कर्फ्यु अवधिमा अस्पताल, फार्मेसी, एम्बुलेन्स, दमकल, शववाहन, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री, खानेपानी र दूध ढुवानीलगायतका अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुनेछन्।
यस्तै, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी तथा विमानस्थल आउजाउ गर्ने यात्रुले सम्बन्धित निकायबाट जारी परिचयपत्र वा हवाई टिकटका आधारमा आवतजावत गर्न पाउने प्रशासनले जनाएको छ।
तपाईको प्रतिक्रिया