आइतबार १७ श्रावण २०८३
समाज

एलपी ग्यास अभावपछि निगमले टेकुबाटै सिलिन्डर बिक्री सुरु गर्‍यो

शनिबार श्रावण १६, २०८३/ Saturday 08-01-26

काठमाडौं। बजारमा एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाटै ग्यास सिलिन्डर बिक्री वितरण सुरु गरेको छ।

निगमले शनिबारदेखि १४ दशमलव २ केजी क्षमताका ग्यास सिलिन्डर बिक्री गर्न थालेको जनाएको छ। काठमाडौं उपत्यकामा आपूर्ति गर्ने केही ग्यास उद्योगका सिलिन्डरको माग बढेपछि उपभोक्तालाई सहज बनाउन वैकल्पिक व्यवस्थाका रूपमा टेकुबाट बिक्री सुरु गरिएको निगमले जनाएको हो।

निगमका अनुसार टेकु कार्यालयबाट नेपाल ग्यास, एभरेष्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाइएको छ।

ग्यास खरिदका लागि उपभोक्ताहरू टेकु कार्यालय पुगेका छन्। बजारमा ग्यास अभाव भएको गुनासो बढेपछि निगमले ग्यास उद्योगीहरूलाई सहज आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिएको जनाएको छ।

निगमले उपभोक्ताको मागअनुसार दैनिक रूपमा ग्यास आपूर्ति भइरहेको र बजारमा अभाव हुन नदिने गरी व्यवस्थापन भइरहेको पनि स्पष्ट पारेको छ।

 

तपाईको प्रतिक्रिया