सोमबार १८ श्रावण २०८३
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक २४ साउनमा बस्ने

आइतबार श्रावण १७, २०८३/ Sunday 08-02-26

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य समितिको बैठक २४ साउनका लागि तय गरेको छ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आइतबार दिउँसो १ बजे ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा बस्नेछ।

बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन पार्टीले आह्वान गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया