मंगलबार १९ श्रावण २०८३
समाज

कर्फ्यु र निषेधाज्ञा हटेसँगै मधेसमा बढ्यो चहलपहल, जनजीवन सामान्य बन्दै

सोमबार श्रावण १८, २०८३/ Monday 08-03-26

जनकपुरधाम । सिरहाको गोलबजारमा गणेश यादवको मृत्यु घटनापछि तनावग्रस्त बनेको मधेस प्रदेशमा जनजीवन विस्तारै सामान्य हुन थालेको छ।

गत शुक्रबार गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारबीच लिखित सहमति भएपछि धनुषा, सिरहा र सप्तरीका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यु तथा निषेधाज्ञा हटाइएको छ।

कर्फ्यु हटेसँगै यातायात सेवा सञ्चालनमा आएको छ भने बजार तथा व्यापारिक गतिविधि पनि पुनः सुचारु भएका छन्। स्थानीयवासीका अनुसार जनजीवन क्रमशः लयमा फर्किरहेको छ।

जिल्ला प्रशासन कार्यालयहरूले सामाजिक सञ्जालमा फैलिने अफवाहमा विश्वास नगर्न, शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्षसँग आग्रह गरेका छन्।

 

तपाईको प्रतिक्रिया