मंगलबार १९ श्रावण २०८३
बिजनेस

टुसाल मल्टिभेन्युले सार्वजनिक गर्‍यो ‘डाइन एन्ड स्विम’ अफर

सोमबार श्रावण १८, २०८३/ Monday 08-03-26

काठमाडौं । तार्केश्वर नगरपालिका–८, मनमैजुस्थित टुसाल मल्टिभेन्युले आफ्ना ग्राहकलाई लक्षित गर्दै आकर्षक ‘डाइन एन्ड स्विम’ अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत सोमबारदेखि शुक्रबारसम्म रेस्टुरेन्टमा कुनै पनि एक खाना सेट अर्डर गर्ने ग्राहकले निःशुल्क स्विमिङको सुविधा प्राप्त गर्नेछन्।

सामान्यतया प्रतिव्यक्ति ५०० रुपैयाँ शुल्क लाग्ने स्विमिङ सेवा अफर अवधिभर खाना सेट खरिद गर्ने ग्राहकका लागि पूर्ण रूपमा निःशुल्क उपलब्ध गराइने टुसाल मल्टिभेन्युले जनाएको छ। संस्थाका अनुसार स्वादिष्ट भोजनसँगै मनोरञ्जन र स्वस्थ जीवनशैलीलाई प्रवर्द्धन गर्ने उद्देश्यले यो योजना ल्याइएको हो।

परिवार, साथीभाइ तथा सहकर्मीहरूसँग गुणस्तरीय समय बिताउन चाहने ग्राहकका लागि ‘डाइन एन्ड स्विम’ अफर उपयुक्त अवसर हुने विश्वास कम्पनीले लिएको छ। स्विमिङसँगै उत्कृष्ट आतिथ्य सेवा र आरामदायी वातावरणको अनुभव लिन सकिने संस्थाको दाबी छ।

टुसाल मल्टिभेन्युमा स्विमिङ पूलसँगै जिम, रेस्टुरेन्ट, हेल्थ क्लब, पार्टी भेन्यूका लागि हललगायतका विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।

तपाईको प्रतिक्रिया