दुर्गा प्रसाईँको रिहाइको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौं। मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँको बिनाशर्त रिहाइको माग गर्दै उनका समर्थकले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका प्रसाईँलाई अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको भन्दै पक्राउ गरिएको दाबी गर्दै समर्थकहरूले तत्काल रिहा गर्न सरकारसँग माग गरेका हुन्।
नागरिक बचाउ महाअभियान, नागरिक बचाउ दल नेपाल र प्रस्तावित नयाँ राष्ट्रवादी पार्टी नेपालको संयुक्त आयोजनामा भएको प्रदर्शनमा विभिन्न आठ बुँदे मागसमेत सार्वजनिक गरिएको छ।
प्रदर्शनकारीले दुर्गा प्रसाईँको रिहाइ, अभिव्यक्ति स्वतन्त्रताको सम्मान, सामाजिक सद्भाव कायम, सुकुम्बासी समस्याको समाधान, वैदेशिक हस्तक्षेप अन्त्य, १२ बुँदे सम्झौताको कार्यान्वयन तथा लघुवित्त, बैंक, सहकारी र मिटरब्याजपीडितका समस्याको समाधान गर्न सरकारसँग माग गरेका छन्।
तपाईको प्रतिक्रिया