राजनीति
परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
सोमबार श्रावण १८, २०८३/ Monday 08-03-26
काठमाडौं। तिब्बती शरणार्थीका नाममा गैरकानुनी रूपमा यात्रा अनुमतिपत्र (ट्राभल डकुमेन्ट) जारी गरेको आरोप लागेका परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो।
यसअघि उक्त प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत सोमबार राहदानी कसुरसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गरेको थियो। मुद्दा दर्ताका क्रममा भट्टराई उपस्थित नभएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
अदालतको पक्राउ पुर्जीका आधारमा सीआईबीले भट्टराईलाई नियन्त्रणमा लिएको जनाएको छ।
तपाईको प्रतिक्रिया