काठमाडौं। सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन गरी कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले ‘राष्ट्रिय यातायात नीति, २०८३’ जारी गर्दै यातायात क्षेत्रलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्य अघि सारेको हो।
नयाँ नीतिले एकीकृत यातायात प्रणालीको विकासमार्फत सर्वसुलभ, पहुँचयोग्य, सुरक्षित, वातावरणमैत्री तथा प्रविधिमैत्री यातायात व्यवस्था निर्माण गर्ने उद्देश्य राखेको छ।
मन्त्रालयका अनुसार सडक, रेल, जलमार्ग र हवाई यातायातबीच समन्वय कायम गर्दै प्रभावकारी र आधुनिक यातायात प्रणाली विकासलाई नीतिले प्राथमिकता दिएको छ।
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सार्वजनिक यातायातको गुणस्तर सुधार, सडक सुरक्षाको मजबुती, हरित प्रविधिको प्रयोग र डिजिटल प्रणाली विस्तारलाई नयाँ नीतिले विशेष जोड दिएको बताए।
सरकारले बदलिँदो प्रविधि, तीव्र सहरीकरण, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्यलाई ध्यानमा राख्दै लामो समयपछि यातायात नीति परिमार्जन गरिएको जनाएको छ।
तपाईको प्रतिक्रिया