काठमाडौं। जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ।
आइतबार राति पक्राउ परेका प्रसाईंलाई प्रहरीले साइबर अपराध, राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि सात दिनको म्याद थप माग गर्दै सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो।
तर अदालतले प्रहरीको म्याद थप गर्ने माग अस्वीकार गर्दै प्रसाईंलाई थप हिरासतमा नराख्न आदेश दिएको हो।
अदालतको आदेशपछि प्रहरीले प्रसाईंको रिहाइ प्रक्रिया सुरु गरेको छ।
तपाईको प्रतिक्रिया