बुधबार १८ कार्तिक २०८३
राजनीति

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

बुधबार कार्तिक १८, २०८३/ Wednesday 11-04-26

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयमा बुधबार भएको शिष्टाचार भेटमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा दुई देशबीचको बहुआयामिक साझेदारीलाई विस्तार गर्ने विषयमा छलफल भएको हो।

परराष्ट्रमन्त्रीको निजी सचिवालयका अनुसार भेटमा द्विपक्षीय हित, आपसी सहयोग र विकास निर्माणका साझा प्राथमिकताका विषयमा विचार आदानप्रदान भएको थियो।

त्यसक्रममा ऊर्जा, उड्डयन, व्यापार, खेलकुद र शिक्षालगायतका क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।

परराष्ट्र मन्त्रालयले भेटमा नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध तथा आपसी सहकार्यका विभिन्न पक्षबारे कुराकानी भएको जनाएको छ।

 

तपाईको प्रतिक्रिया