बुधबार १८ कार्तिक २०८३
खेलकुद

एनपीएल खेल्न दक्षिण अफ्रिकी स्टार डेभिड मिलर काठमाडौंमा

बुधबार कार्तिक १८, २०८३/ Wednesday 11-04-26

काठमाडौं। दक्षिण अफ्रिकाका अनुभवी क्रिकेटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आज बिहान काठमाडौं आइपुगेका छन्। उनी जारी प्रतियोगितामा कर्णाली याक्सबाट खेल्नेछन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कर्णाली याक्सका व्यवस्थापकसहितको टोलीले मिलरलाई स्वागत गरेको थियो।

जारी एनपीएलको तेस्रो संस्करणमा कर्णाली याक्सले तीन खेल खेल्दा दुईमा जित निकालिसकेको छ। टोलीले आफ्नो चौथो खेल शुक्रबार सुदूरपश्चिम रोयल्ससँग खेल्ने तालिका छ।

३७ वर्षीय बायाँहाते आक्रामक ब्याटर मिलरको आगमनसँगै कर्णालीको ब्याटिङ थप मजबुत हुने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा लामो अनुभव बटुलेका मिलरको प्रदर्शनलाई एनपीएलमा चासोका साथ हेरिएको छ।

 

तपाईको प्रतिक्रिया