शुक्रबार २२ श्रावण २०८३
शिक्षा

कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत विद्यार्थी उत्तीर्ण

शुक्रबार श्रावण २२, २०८३/ Friday 08-07-26

काठमाडौं।  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (मौका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षामा ७१ हजार ३१० विद्यार्थी सहभागी भएका थिए। तीमध्ये ५७ हजार ८९७ जना अर्थात् ८१.१९ प्रतिशतले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्।

यस्तै, तीन जना परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएको छ। प्राविधिक कारणवश नतिजामा कुनै त्रुटि देखिएमा परीक्षा नियन्त्रण कार्यालयको मूल अभिलेखका आधारमा सच्याइने पनि बोर्डले स्पष्ट पारेको छ।

विद्यार्थीले आफ्नो नतिजा बोर्डको वेबसाइट www.neb.gov.np, एसएमएस तथा आइभीआर सेवामार्फत हेर्न सक्नेछन्। बोर्डले साउन २ र ३ गते ग्रेडवृद्धि (मौका) परीक्षा सञ्चालन गरेको थियो।

 

तपाईको प्रतिक्रिया