काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा रोकिराखेको एक यात्रुवाहक बसमा सोमबार दिउँसो आगलागी भएको छ।
त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि रहेको बस स्टपमा रोकिराखेको ऋद्धिसिद्धि यातायातको बसमा अचानक आगो लागेको हो। आगलागीबाट बस पूर्ण रूपमा जलेको बताइएको छ।
बसमा ठूलो आगो लागिरहे पनि समाचार तयार पार्दासम्म घटनास्थलमा दमकल पुगिनसकेको जनाइएको छ। आगो बसबाट नजिकै रहेका टेलिफोन तथा इन्टरनेटका तारसम्म फैलिएको बताइएको छ।
आगलागीको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।
तपाईको प्रतिक्रिया