शनिबार २३ श्रावण २०८३
जीवनशैली

शहिद गंगालाल हृदय केन्द्रको निर्देशकमा प्रा.डा. आशिष गोविन्द अमात्य नियुक्त

शुक्रबार श्रावण २२, २०८३/ Friday 08-07-26

काठमाडौं । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा.डा. आशिष गोविन्द अमात्य नियुक्त भएका छन्।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा. अमात्यलाई निर्देशक पदमा नियुक्त गर्दै पद तथा गोपनीयताको शपथसमेत गराएकी छन्।

निर्देशक छनोट प्रक्रियामा डा. अमात्यसँगै डा. आभाष कार्की, डा. चन्द्रमणि अधिकारी, डा. नवीनचन्द्र गौतम, डा. निर्मल पन्थी, डा. पंकजकुमार चौधरी र डा. रविन्द्रभक्त तिमला सर्टलिस्टमा परेका थिए। तीमध्येबाट मन्त्री मेहताले डा. अमात्यलाई निर्देशकका रूपमा नियुक्त गरेकी हुन्।

सर्टलिस्टमा परेका अन्य सबै चिकित्सक कार्डियाक सर्जन वा कार्डियोलोजिस्ट रहेका थिए भने डा. अमात्य केन्द्रमै कार्यरत वरिष्ठ एनेस्थेसियोलोजिस्ट हुन्।

मुटुरोग उपचारका लागि देशकै प्रमुख सरकारी विशेषज्ञ अस्पताल मानिने शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पहिलो पटक कार्डियाक सर्जन वा कार्डियोलोजिस्टबाहेक अन्य विधाका चिकित्सकलाई निर्देशक नियुक्त गरिएको हो।

 

तपाईको प्रतिक्रिया