खेलकुद
लुम्बिनीले टस जितेर बलिङ रोज्यो, काठमाडौंले पहिले ब्याटिङ गर्ने
शनिबार कार्तिक २१, २०८३/ Saturday 11-07-26
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार हुने खेलमा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजविरुद्ध टस जितेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेको लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका छन्। यससँगै काठमाडौंले पहिले ब्याटिङ गर्ने भएको छ।
आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगिताको अंकतालिकामा आफ्नो स्थिति थप मजबुत बनाउने लक्ष्यमा छन्।
चार खेल खेलेको लुम्बिनी तीन जित र एक खेलमा अंक बाँड्दै ७ अंकसहित अंकतालिकाको शीर्षस्थानमा छ। यता काठमाडौंले तीन खेलबाट दुई जित र एक हारसहित ४ अंक जोडेर चौथो स्थानमा रहेको छ।
एनपीएलका अघिल्ला संस्करणमा यी दुई टोलीबीच तीन पटक प्रतिस्पर्धा भएको छ। जसमा काठमाडौंले दुई खेल जित्दा लुम्बिनीले एक खेल आफ्नो पक्षमा पारेको छ।
तपाईको प्रतिक्रिया