काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।
दुवै टोली आजको खेल जित्दै प्रतियोगितामा आफ्नो स्थिति थप मजबुत बनाउने लक्ष्यसहित मैदान उत्रनेछन्।
चार खेल खेलेको लुम्बिनी तीन जित र एक खेलमा अंक बाँड्दै ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। यता, तीन खेल खेलेको काठमाडौं दुई जित र एक हारसहित ४ अंक जोडेर चौथो स्थानमा रहेको छ।
एनपीएलका अघिल्ला संस्करणमा यी दुई टोलीबीच तीन पटक प्रतिस्पर्धा भएको छ। जसमा काठमाडौंले दुई खेल जित्दा लुम्बिनीले एक खेल आफ्नो पक्षमा पारेको छ।
तपाईको प्रतिक्रिया