आइतबार २२ कार्तिक २०८३
खेलकुद

यू–१९ एसिया कप : यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने

आइतबार कार्तिक २२, २०८३/ Sunday 11-08-26

काठमाडौँ। ओमानमा जारी एसिसी यू–१९ एसिया कप पुरुष क्रिकेट प्रतियोगितामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

ओमानको अल अमरात क्रिकेट मैदानमा भएको टसमा यूएईले जित निकाल्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो।

प्रतियोगितामा पहिलो जितको खोजीमा रहेको नेपाल आज यूएईलाई हराउँदै पुनरागमन गर्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ।

नेपालले प्रतियोगिताको पहिलो खेलमा भारतसँग १० विकेटको हार बेहोरेको थियो। यता यूएई पनि आफ्नो पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो। दुवै टोली आज पहिलो जित निकाल्ने योजनामा छन्।

यूएईविरुद्धको पछिल्लो पाँच भेटमध्ये नेपालले चार खेलमा जित हात पारेको छ। यी दुई टोलीबीच पछिल्लोपटक सन् २०१९ को एसिया कपमा प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नेपालले यूएईलाई १६० रनले पराजित गरेको थियो।

नेपाल आज पनि त्यही लय कायम राख्दै प्रतियोगितामा पहिलो जित निकाल्ने लक्ष्यमा छ।

 

तपाईको प्रतिक्रिया