आइतबार २२ कार्तिक २०८३
समाज

महाकवि देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइयो

आइतबार कार्तिक २२, २०८३/ Sunday 11-08-26

काठमाडौं– नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी मनाइएको छ।

नेपाली साहित्यमा देवकोटाले पुर्‍याएको अतुलनीय योगदानको स्मरण गर्दै हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन नेपालसहित भारतका विभिन्न स्थान र नेपाली भाषी समुदायको बसोबास रहेका क्षेत्रमा जन्मजयन्ती मनाउने परम्परा छ।

जन्मजयन्तीका अवसरमा काठमाडौंको सञ्चारग्रामस्थित देवकोटाको सालिकमा माल्यार्पण गरी उनलाई श्रद्धासुमन अर्पण गरिएको छ।

विसं १९६६ कात्तिक औँसीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीका साइँला सन्तानका रूपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान दिएका थिए।

उनका ‘मुनामदन’ खण्डकाव्य, ‘शाकुन्तल’ महाकाव्य र ‘भिखारी’ कवितासङ्ग्रह नेपाली साहित्यका कालजयी तथा युगान्तकारी कृतिका रूपमा स्थापित छन्। नेपाली साहित्यमा अतुलनीय योगदान पुर्‍याएका देवकोटालाई नेपाली साहित्यका महान् प्रतिभाका रूपमा स्मरण गरिन्छ।

 

तपाईको प्रतिक्रिया