काठमाडौं। काठमाडौंको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा आगलागी भएको छ। आइतबार बिहान करिब ८:५५ बजे आगलागी भएको हो।
आगलागीको सूचना प्राप्त हुनासाथ दमकलसहित सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको थियो। अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाका अनुसार आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन।
आगलागी हुनुको कारण भने खुल्न सकेको छैन। घटनाबारे थप विवरण आउन बाँकी छ।
तपाईको प्रतिक्रिया